२०८१ जेष्ठ ३, बिहीबार १२:५४

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्।

बिहीबार दिउँसो १२ बजे बसेको प्रदेश सभा बैठकबाट उनलाई २८ जना सासंदले विश्वासको मत दिएका हुन्।

सभामुख भीम भण्डारीले सदमा मत विभाजनको नतिजा सुनाउँदै बैठकमा उपस्थित सांसदको संख्या २८ रहेको बताए। जसमध्ये विश्वासको मतको पक्षमा २८, विपक्षमा शून्य र तटस्थमा शून्य मत परेको जानकारी दिएका थिए।

नेकमा माओवादीका १०, एमालेका ११, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसदले उनलाई विश्वासको मत दिए। त्यसअघि नाराबाजीकै बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वास मत सम्बन्धी प्रस्ताव सदन समक्ष पेस गरेका थिए।

बैठक सुरू हुनासाथ मुख्यमन्त्रीमा सोडारीको नियुक्त गैरसंवैधानिक भएको भन्दै कांग्रेस र नागरिक उन्मुक्तिका पाँच जना सांसदले नाराबाजी गरेका थिए।

नाराबाजीकै बीच मुख्यमन्त्री पक्ष र विपक्षमा विश्वासको मत विभाजन गर्न सभामुख भीम भण्डारीले हस्ताक्षरका लागि समय दिएका थिए। त्यसपछि कांग्रेस नागरिक उन्मुक्ति र एक जना राप्रपाका सांसद बैठक बहिष्कार गरेर बाहिरिएका थिए।

Comment

Related News

Latest News

Trending News