२०८१ जेष्ठ ३, बिहीबार १७:४८

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ। दिउँसो साढे १ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै साढे ४ बजेका लागि सारिएको थियो। तर उक्त बैठकमा पनि कांग्रेसले अवरोध गरेपछि बैठक भोलि शुक्रबार सम्मका लागि स्थगित गरिएको हो।

सहकारी प्रकरणलाई लिएर प्रतिनिधिसभा अवरुद्ध पार्दै आएको कांग्रेसले राष्ट्रियसभा पनि चल्न नदिएको हो। बिहीबारको अपरान्हको बैठकको सुरुमै कांग्रेस सांसदहरू उभिएर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले महत्वपूर्ण विषयहरू छायामा परेको भन्दै बसेर बैठक सञ्चालन गर्न दिन आग्रह गरेका थिए।

कांग्रेसले उठाउँदै आएको विषयमा गृहकार्य भइरहेको, अध्यादेश पेस लगायतका महत्वपूर्ण काम पनि रोकिएको, राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद दिने २ मिनेटको कामसमेत रोकिएकोले राम्रो सन्देश नजाने भन्दै बैठक चलाउन सहयोग कांग्रेस अध्यक्ष दाहालले मागे पनि कांग्रेस सांसदहरू बसेनन्।

त्यसपछि अध्यक्ष दाहालले शुक्रबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक स्थगित गरेका हुन्।

Comment

Related News

Latest News

Trending News