अपडेट 
२०८१ जेष्ठ ५, शनिबार ०८:२५

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छोडेर गएकाहरूलाई आफ्नो पार्टीमा फर्कन आग्रह गरेका छन् ।

शुक्रबार आह्वान पत्र जारी गर्दै यादवले सबैलाई मूलधारको पार्टीमा फर्कन आग्रह गरेका हुन् । यादवले भनेका छन्, ‘जसपा नेपालबाट अलग भएर जानु भएका विभिन्न तह तप्काका साथीहरूलाई मूलधारमा फर्कन आह्वान गर्दछौं ।’ उनले जसपा नेपाल विशिष्ट सोच, सिद्धान्त र एजेन्डा बोकेको पार्टी भएको दाबी गरेका छन् । जसपा नेपाल समाजवादी आन्दोलन, पहिचान, संघीयता र गणतन्त्रका सवालमा प्रतिवद्ध रहेको यादवको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News