अपडेट 
२०८१ जेष्ठ ६, आईतवार ०७:०२

किर्ते नागरिकता प्रकरणलाई लिएर निकालिएको मसाल जुलुस पश्चात शुक्रबार साँझ भएको झडपको बिरोध गर्दै नेपाली कांग्रेस पर्साले कारवाहीको मांग गरेको छ ।

झडपमा नेविसंघका अध्यक्ष रमेश कुमार यादव सहितका नेपाली कांग्रसका कार्यकर्ता उपर आक्रमण गर्नेलाई कारवाही गर्न नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले माग गरेको छ । नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेयले विज्ञप्ति जारी गर्दै कारवाहीको माग गरेका छन् । मेयर राजेशमान सिंहले सरकारी कागज किर्ते गरेको मुद्दामा निष्पक्ष छानविन र सहकारी ठगीमा संलग्न गृहमन्त्री रवि लामिछानेमाथि छानविन समिति गठन गर्न नेपाल विद्यार्थी संघ पर्साले शुक्रबार साँझ वीरगञ्जमा प्रदर्शन गरेको थियो ।

नेविसंघको शान्तिपूर्ण प्रदर्शनमा रुपेश मान सिंहको नेतृत्वमा आएको एक समूह जाइलागे पछि दुई पक्ष बीच झडप भएको थियो । झडपमा नेविसंघका अध्यक्षसहित उपाध्यक्ष राहुल पटेल, महमद बरकत अली, कांग्रेस पर्साका जिल्ला सदस्य रामनिवास यादव र महमद नौसाद लगायतका युवाहरु घाइते भएका छन् ।

सोही घटनाबारे नेपाली कांग्रेस पर्सा मौन रहेको भन्दै सामाजिक संजालमा व्यापक विरोध भएपछि शनिबार दिउँसो नेपाली कांग्रेस पर्साका प्रवक्ताले विज्ञप्तिा जारी गर्दै घटनाको घोर भत्र्सना गर्दै दोषीलाई तत्काल कारवाही गर्न माग गरेको छ । जारी गरिएको बिज्ञप्तिमा कांग्रेस पर्साले शुक्रबार साझ भएको घटनाको निष्पक्ष छानविन गरी दोषीहरुलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रहरी प्रशासनसँग माग गरेको छ । पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलका अनुसार कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति महम्मद शहाबुद्दिनको नेतृत्वमा मसाल जुलुस निकालिएको थियो ।

जुलुस माइस्थानमा चोक पुगेर कोण सभामा परिणत भएपछि मेयर समर्थकहरूले नाराबाजी गर्दै कार्यक्रम बिथोल्न थालेपछि हात हालाहाल भएको थियो । विवाद उग्र बन्दै गएपछि प्रहरीले लाठी चार्ज गरेर दुवै समूहलाई तितरवितर गरेको एसपी ढुंगेलले जानकारी दिए । मेयर सिंहविरुद्ध दर्ता गरेको मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि नबढाइएको भन्दै मसाल जुलुस निकालिएको थियो । कोणसभा स्थलमा पुगेर मेयर समर्थकहरुले राजेशमान जिन्दाबाद जस्ता नारा लगाए जाइलागे पछि दुवै पक्षबीच झडप भएको थियो ।

झडपको क्रममा प्रहरीले लाठी चार्ज गरेको थियो । सोही क्रममा प्रहरीको लाठी लागेर विद्यार्थी संघका जिल्ला अध्यक्ष यादव घाइते भएका छन् । किर्ते नागरिकता सम्बन्धी मुद्दाको अनुसन्धानमा रहेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि अनुसन्धानमा ढिला सुस्ती भएको आरोप लगाउँदै वीरगञ्ज माइस्थान चोक अगाडि भएको सर्वदलीय मशाल जुलुश र कोणसभामा मेयर पक्षद्वारा अवरोध खडा गरिएपछि दुबै पक्षबीच झडप भएको थियो ।

सरकारको गठबन्धन फेरिए पछि गृहमन्त्री रबि लामिछाने आए लगर्तै वीरगन्जका मेयर राजेशमान सिंहको विरोधमा किर्ते मुद्दा दर्ता भएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख ढुगेंलको आदेशमा जिल्ला प्रहरी कार्यालय पर्साले नागरिकता प्रकरणमा मेयरले जन्मदर्ता प्रमाणपत्र बनाउन किर्ते जालसाजी गरेको भन्दै अनुसन्धान अगाडि बढाएको थियो ।

गत वर्षको साउन २३ गते उपप्रधान मन्त्री एवं गृहमन्त्री नियुक्त भएका रवि लामिछानेको प्रत्यक्ष निर्देशनमा सरकारी कागज किर्ते जालसाजी गरेको अभियोगमा साउन २४ गते मुद्दा दर्ता भयो । जन्मदर्ताको प्रमाणपत्रमा हस्ताक्षर देखिएको तत्कालीन पञ्जिकाधिकारी भिखारी यादवले आफ्नो हस्ताक्षर नक्कली भएको जिल्ला प्रहरी कार्यालय पर्सामा बयान दिसकेका छन् ।

गृहमन्त्री रवि लामिछानेको निर्देशनमा मुद्दा दर्ता भए पनि अहिले आएर कारबाही प्रक्रिया अगाडि नबढ् नुमा गृहमन्त्रीको नियतमाथि प्रश्न उठाउँदै मोहम्मद शाहाबुदिनले आफ्ना स्वकीय सचिव दीपक बोहरामार्फत ५५ लाख रुपैयाँ नजराना लामिछानेले लिएको आरोप लगाएका छन् । उनले भने–‘सुरुमा प्रहरीले मुद्दा दर्ता गर्यो, आवश्यक प्रमाणहरु समेत हामीले पेश गरेका छौ, हस्ताक्षर भएका व्यक्तिले आफ्नो हस्ताक्षर नभएको भन्दा पनि कारवाही अगाडि बढदैन किन ?’

Comment


Related News

Latest News

Trending News