अपडेट 
२०८१ जेष्ठ ६, आईतवार १३:१५

पत्रकार सुजीतकुमार झाद्वारा मैथिली भाषामा लिखित थप एक पुस्तकको आवरण अनावरण गरिएको छ ।

मैथिली भाषाका अभियानी विशेष व्यक्तित्वहरुको उपस्थितिमा एक समारोहका बिच उनको १६ औं कृति ‘अन्हार घरमे डिबिआ’ शब्द–चित्रको आवरण अनावरण गरिएको हो ।

मधेश सरकारका पूर्वमन्त्री तथा प्रदेश सांसद रामसरोज यादव, संविधानसभा सदस्य डा. विजय कुमार सिंहले संयुक्त रुपमा लोकार्पण गर्नु भएको छ । समाजमा हाल देखिने गरेको नाकारात्मकता मात्रको भीडमा केही भएपनि सकारात्मकता चित्रण गर्ने काम पुस्तकमा गरिएको बताइएको छ । पत्रकारितामा पनि खाली नकारात्मक समाचारहरु मात्र देखिन्छ, त्यसै भित्रबाट सकारात्मक कुराहरु निकाल्ने प्रयास सो पुस्तकमा गरिएको छ ।

समारोहमा प्रमुख अतिथिको आसनवाट बोल्दै पूर्व मन्त्री रामसरोज यादवले प्रदेश सरकार मैथिली भाषा, साहित्यको विकासका लागि केही नगरेको आरोप लगाउनु भएको छ । प्रदेश बजेटमा बैद्धिक क्षेत्रको विकासमा सून्य योगदान रहेको चर्चा गर्दै उहाँले भन्नुभयो – प्रदेशको भाषा बनाउनका लागि आफू संसदमा पनि कयौ चोटी उठाइ सकेको तर राज्य उदासिन छन् ।

पत्रकार सुजीतको पुस्तकले आफू पनि प्रतिक्षा रहेको उहाँले बताउनुभयो । आवरणमा लेखिएको ‘अन्हार घरमे डिबिया’ यो ३ शब्दले ठूलो सन्देश बोकेको कार्यक्रमका प्रमुख अतिथि यादवले बताए । उनले यी ३ शब्दलाई समाजमा पछाडी पारिएका, सिमान्तकृत समुदाय तथा अवसरबाट बञ्चितहरुलाई अगाडी बढाउनु आवश्यक रहेको अथ्र्याएको बताए ।

अर्का प्रमुख अतिथि संविधान सभा सदस्य डा. विजय कुमार सिंहले मैथिली पुसतक प्रकाशनका लागि स्थानीय स्तरमा कोष बनाउनु पर्ने आवश्यकता माथि जोड दिनु भएको छ । उहाँले स्थानीय सरकार र प्रदेश सरकारलाई भाषाको विकासमा योगदान गर्न दबाब दिनु पर्नेमा जोड दिनु भएको छ ।

पत्रकार झाको यसअघि १५ वटा पुस्तक प्रकाशित भई सकेका छन् । ६ वटा अनुवाद पुस्तकका साथै अन्य ९ वटा साहित्यिक पुस्तकहरु प्रकाशित भई सकेका छन् ।

वालकथा संग्रह ‘कोइली घूरि आउ’, ‘तितलीसंग दोस लगाएब’, कथा संग्रह ‘चिड़ै’, ‘जिद्दी’, ‘बुलबुल’, ‘खजुरीबाली’, ‘गन्ध’, रिपोताजहरुको संग्रह ‘रिपोटर डायरी’का साथै अनुसन्धानमूलक पुस्तक ‘पुनि पुनि होत विवाह’ रहेको छ ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको सो समारोहमा साहित्यकार रोशन जनकपुरी, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्ण, मधेश मिडिया प्राधिकारणका अध्यक्ष श्यामसुन्दर यादव, मैथिली विभागका पूर्व प्रमुख परमेश्वर कापडि, पूर्व डिइ रत्नेश्वरलाल कर्ण, पर्यावरण अभियानी सुरेश शर्मा, कोषका सदस्य सचिव श्यामसुन्दर शशी, लेखक सुजीतकुमार झा, एनप्याब्सन जनकपुरधामका अध्यक्ष दिपक ठाकुर, सुधीरचन्द्र आचार्य लगायले बोल्नु भएको थियो ।

Comment


Related News

Latest News

Trending News