अपडेट 
२०८१ जेष्ठ ७, सोमबार ०६:४७

भारतको रक्सौलमा प्रहरीले छामामारी गर्दा करोड भन्दा बढी नेपाली र भारु बरामद गरेका छन् ।

मोतिहारी प्रहरीले गोप्य सूचनाको आधारमा रक्सौलको नागा रोडमा रहेको मिठाई व्यवसायी अमरिश गुप्ताको घरबाट सो रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले गुप्ताको घरबाट नेपाली रुपैयाँ ६० लाख र भारतीय रुपैयाँ ३४ लाख बरामद गरिएको जनाएको छ । मोतिहारीबाट सदर एस।एस।पी शिखर चौधरीको नेतृत्वमा आइतबार अमरीश गुप्ताको रक्सौल स्थित घरमा छापामारेका थिए । घरमा राखिएको पैसा गणना गर्ने मेसिनबारे प्रहरीले सोधपुछ गर्दा अमरीश गुप्ताले केही बताउन सकेनन् । त्यसपछि प्रहरीको कडाईको सामना गर्दै अमरीशले मिठाईको कारोबारको आडमा भारतीय र नेपाली रुपैयाँ साट्ने व्यवसाय गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । एउटा टोलीले अमरीश गुप्ताको घरमा र अर्को टोलीले मिठाई पसलमा छापा मारेका थिए ।

अमरीश गुप्ता र उनका बुबा ध्रुव गुप्ताको मिठाई व्यवसायको आडमा हवाला र सटही काउन्टर चलाउने गरेका छन् । भारतीय प्रहरीले यसको तार वीरगञ्ज गहवामा बस्दै आएको उमेश साह तेली संग जोड्न सकिन्छ भन्ने तर्फ अनुशन्धान अघि बढाएको श्रोतले जनाएको छ । अमरिश गुप्ता उमेशको काका ध्रुव साहका छोरा छन् । उमेशले सीजन अनुसार तेल, मसाला र चिनीको तस्करीमा नेपालमै नाम कहलिएको सीमा वारपार गर्ने व्यवसायी छन् । यस बारेमा अंकुशले उमेश तेली सँग बुझ्दा उनले आफ्नो नातेदार भएको तर कस्ले के ब्यापार गर्छ त्यो आफ्नो चासोको विषय नभएको भन्दै अनभिज्ञता प्रकट गरे ।

Comment


Related News

Latest News

Trending News