अपडेट 
२०८१ जेष्ठ ८, मंगलवार ०७:४०

जनता समाजवादी पार्टी( जसपा)नेपालले निर्वाचन आयोग समेतमाथि दायर गरेको रिटमा मंगलवार दुबै पक्षबीच छलफल हुनेछ ।

सर्वोच्च अदालतले सो रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दवै पक्षलाई छलफलमा बोलाएको छ । जसपा नेपालका अध्यक्ष यादवले निर्वाचन आयोग गैरकाननी ढंगले पार्टीको विभाजन गरेकाले बदर गर्न सर्वोच्च अदालतमा रिट दर्ता गरेका हन् । उनले वैशाख ३१ गते सो रिट दर्ता गराएका थिए ।

सर्वोच्चले निर्वाचन आयोगलाई जसपाको दर्ता सम्बन्धी कामलाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ । सो आदेशको कारण निर्वाचन आयोगले जसपा नेपालका जनप्रतिनिधिहरुलाई दल रोज्न दिएको प्रक्रिया रोकिएको छ । मधेश प्रदेशका सभासदहरुलाई जसपातिर आकर्षित गर्न नेताहरु अहोरात्र खटिरहेका छन् । तर अहिले सभासदहरुले दल फेरेका छैनन् ।

स्थानीय तहका जनप्रतिनिधिहरुमध्ये मधेश प्रदेशबाट वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह जसपा तिर लागेका छन् ।अन्य जनप्रतिनिधिहरु खुलेका छैनन् । सर्वोच्चको मंगलवार आउने आदेशले मधेश प्रदेशमा जसपा नेपालको स्थिति प्रष्टिने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News