अपडेट 
२०८१ जेष्ठ ८, मंगलवार ११:२८

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाला सुन तोलामा १ लाख ४० हजार ६०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन तोलाको १ लाख ४१ हजार ८०० रुपैयाँ तेजाबी सुन १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसतै, चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँले घटेर १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News