अपडेट 
२०८१ जेष्ठ ८, मंगलवार १४:१५

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जेठ ११ गते छलफल हुने भएको छ ।.

कांग्रेसको विरोधकाबीच बसेको प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न र प्रधानमन्त्रीबाट जवाफ दिनका लागि यही जेठ ११ गतेको दिन तोकेको जानकारी गराउनुभएको हो ।

त्यस्तै बैठकबाट राजनीतिक दलसम्बन्धी संशोधन विधेयक–२०८० लाई फिर्ता गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पेस गर्नुभएको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बैठकमा लगानी सहजीकरण सम्बन्धी अध्यादेश पेश गरिएको छ ।

यस्तै कांग्रेसको नाराबाजीकै बीच प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ । कांग्रेस सांसदले वेलमा नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यवाद दिने प्रस्ताव निर्णयार्थ पेश गर्नुभएको थियो । राष्ट्रपतिको सम्बोधनपछि प्रतिनिधिसभाबाट धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण निरन्तर प्रभावित भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक जेठ ११ गते बोलाइएको छ ।

Comment


Related News

Latest News

Trending News