अपडेट 
२०८१ जेष्ठ ८, मंगलवार १६:०६

‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रतिनिधि सभाबाट फिर्ता भएको छ । आजको बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले याे विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

राजनीतिक दल संशाेधन विधेयक प्रस्ताव प्रतिनिधि सभाको बहुमतबाट स्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो । सभामुख घिमिरेले याे प्रस्तावमाथि विरोधको सूचना भए पेश गर्न आग्रह गर्नुभएको थियो । सांसदबाट विरोधको कुनै सूचना नपरेपछि सभामुखले याे प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

यही जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले संसदमा पेश भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० लाई फिर्ता लिने निर्णय गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक यही जेठ ११ गते बिहीवार बिहान ११ बजे बस्नेछ ।

Comment


Related News

Latest News

Trending News