अपडेट 
२०८१ जेष्ठ ९, बुधबार ०७:४२

राज्यशक्तिको चरमदुरुपयोग गरी पक्राउ गरिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सडक मार्गहुँदै जनकपुरधाम ल्याइएको छ ।

थप अनुसन्धानका लागि म्याद थप गर्न उनलाई बुधवार बिहान जिल्ला अदालत धनुषामा उपस्थित गराइने स्रोतले जनाएका छन् । सहकारी संस्थाहरुको करोडौ रुपैयाँ अपचलन गरेको आरोप लाग्दै आएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले व्यक्तिगत प्रतिशोध साध्दै नेपाली सञ्चार क्षेत्रको अग्रणी संस्था कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गराएको भन्दै चौतर्फी आलोचना भइरहेकोछ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलवार नै जिल्ला अदालत धनुषाबाट सिरोहियाविरुद्ध पक्राउ पूर्जी लिएको थियो । सिरोहियालाई कान्तिपुर मिडिया हाउसको मुख्यालयस्थित आफ्नै कार्यकक्षबाट मंगलवार साँझ गिरफ्तार गरिएको छ ।

गृहमन्त्री लामिछानेको दोहोरो नागरिकता र पासपोर्ट तथा उनको संलग्नतामा देशका कयौं सहकारीको करोडौ रुपैयाँ अपचलन गरेको समाचार कान्तिपुरले निरन्तर प्रकाशन प्रसारण गर्दै आएको छ । दुईवटा राहदानी र दुईवटा नागरिकता सम्बन्धी मुद्दा लागेको लामिछानेविरुद्ध हालसम्म पक्राउ पूर्जी जारी भएको छैन् ।

सहकारीको ९५ करोड भन्दा बढी अपचलनमा संलग्न देखिएका लामिछानेमाथि मुद्दासमेत सरकारले चलाएको छैन् । सिरोहियाले मङ्गलवार कान्तिपुर मिडिया ग्रुपको अध्यक्षको नाममा जारी गरेको विज्ञप्तिमा ‘समाचार लेखेको भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग’ गरिएको आरोप लगाएका छन् ।

पछिल्लो समय कान्तिपुर दैनिकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समेत नाम जोडिएको भन्दै सहकारी ठगीसम्बन्धी विषयमा श्रृङ्खलाबद्ध समाचार छाप्दै आएको छ । ‘सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको भनाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो ’सिरोहियाले अगाडि भनेका छन् , ‘तर कान्तिपुरले प्रकाशित गर्दै आएको समाचारबाट अत्तालिएको कोही कसैले ‘स्टन्टबाजी’ गरेर प्रभावित पार्न खोज्छ भने त्यो स्वैरकल्पना मात्र हुने छ ।’ उनीविरुद्ध प्रायोजित उजुरी दायर भएपछि वैशाख १७ मा सामाजिक सञ्जाल ‘एक्स’मा आफूले २०३४ सालमा नागरिकता लिएको र त्यसको प्रतिलिपि २०५७ सालमा लिएको उनले सार्वजनिक गरिसकेका हुन् । त्यसमा २०३३/३४ को प्रतिलिपिअनुसार भनेर स्पष्ट उल्लेख छ । नम्बर पनि उही छ, मैले अरू नागरिकता लिएको छैन । ‘२०३४ मा मैले नागरिकता लिएपछि २०३६ मा अरू कसैका नाममा त्यही नम्बर लेखिएको छ भने मेरो जिम्मेवारीको विषय होइन ।’ उनले प्रष्ट गरिसकेका छन् ।

सय वर्ष भन्दा बढी समयदेखि सिरोहिया परिवार जनकपुरधाममा बसोबास र व्यवसाय गर्दै आएका छन् । कैलाश सिरोहियाका पिता स्व.घासीराम सिरोहिया २००९ सालमा स्थापित जनकपुर उद्योग वाणिज्य संघका संस्थापक महासचिव थिए । नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेशन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुर दैनिकको कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले मंगलबार विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि भएको जनाएका छन् ।

यता, मधेश पत्रकार महासंघका अध्यक्ष वृजकुमार यादवले विज्ञप्ति जारी गरी घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘सिङ्गो पत्रकारिता क्षेत्रलाई आतंकित तुल्याउने कार्य भएको छ । मुलुकमा राजतन्त्र समाप्त भए पनि त्यसको अंश कोही कोहीमा हेर्न सकिने प्रवृति अनुसारनै सिरोहियाको गिरफ्तारी भएको छ, त्यो सञ्चार जगतकोलागि दुःखद र निन्दनीय घटना हो ।’ बिभिन्न राजनीतिकदलका नेताहरु , सञ्चार सम्बद्ध संघसंस्थाहरुले सिरोहियालाई पक्राउ गरेकोमा कडा बिरोध जनाएका छन् ।

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सामाजिक सञ्जाल एक्समा राज्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरी तत्कालीन राजा ‘ज्ञानेन्द्रपथ’ अनुसरण गरेको उल्लेख गरेका छन् । पूर्व उपप्रधान एवं गृहमन्त्री रहेका कांग्रेस नेता विमलेन्द्र निधिले कैलाश सिरोहियाको गिरफ्तारी प्रतिशोधको नांगो कर्तुत भएको बताउँदै भत्र्सना गरेका छन् । ‘जनकपुरमा उनको र मेरो घर सडकको वारिपारि हो, उनको मातापिता र पुरै परिवारलाई म राम्ररी चिन्दछु । संचार क्षेत्रमा उनको योगदान अद्वितीय छ,’ निधिले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तत्काल उनको रिहाई होस् ।’ लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का वरिष्ठ उपाध्यक्ष जीतेन्द्र सोनालले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई अनुसन्धानका नाममा पक्राउ गर्नु स्वतन्त्र प्रेसमाथि प्रहार भएको बताएका छन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा धारणा राख्दै गृहमन्त्री रवि लामिछानेले सिरोहियालाई पक्राउ गर्नु अस्वीकार्य कदम भएको उल्लेख गरेका छन् । ‘कसैलाई पनि भन्नु पर्छ र ? कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्ण छ भनेर

Comment


Related News

Latest News

Trending News