अपडेट 
२०८१ जेष्ठ ९, बुधबार ०८:०१

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले सञ्चालनमा रहेका अवैध निजी विद्यालयहरुलाई कारबाही गर्ने बताएका छन् ।

जनकपुरधाममा मंगलबार मेयर साहले गुणस्तरीय शिक्षा र व्यवस्थित शिक्षालयको आवश्यकताको नाममा अवैधरुपमा संचालित विद्यालयमाथि कारबाही गरिने बताए ।

प्याबसन र एनप्याबसनले अवैधरुपमा संचालनमा रहेको निजी विद्यालयहरुलाई कारबाही गर्नका लागि दबाब दिँदै मेयर साहलाई अवैध विद्यालयलाई कारबाही गर्न दवाव दिएका छन् । गुणस्तरीय तथा राम्रो शिक्षाका लागि जनकपुरधाममा आवश्यक रहेको बताउँदै मेयर साहले सामुदायिक विद्यालयमा शिक्षामा सुधार आवश्यक रहेको औल्याए । उनले सामुदायिक विद्यालयको संख्या न्यून रहे पनि निजी तथा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या सोही हाराहारीमा रहेको बताए ।

शिक्षा ऐन नहुँदा सामुदायिक विद्यालयमा समेत शिक्षकहरुले राजनीतिकतर्फ सक्रिय हुँदा पठनपाठन प्रभावित भएको बताउँदै मेयर साहले सामुदायिक विद्यालयमा गुणस्तरीय तथा प्रभावकारी शिक्षाका लागि शिक्षक खटनपटन, व्यवस्थापन र शिक्षा एने अति आवश्यक रहेको बताए ।

उनले समुदायिक विद्यालयमा खासै समस्या नरहे पनि दरबन्दी शिक्षकका कारण समस्या आउने गरेको बताए । स्थायी शिक्षकहरु एक पटक नियुक्ति पाएदेखि अवकास प्राप्त नहुञ्जेलसम्म एउटै विद्यालयमा बसेर दिन काट्न खोज्दा विद्यालयमा सुधार नभएको र अध्ययनअध्यापनसमेत प्रभावकारी नहुने गरेको मेयर साहले बताए ।

Comment


Related News

Latest News

Trending News