अपडेट 
२०८१ जेष्ठ ९, बुधबार ०८:०४

राष्ट्रिय मुक्ति क्रान्तिका अभियन्ता वुद्ध छिरिङ मोक्तानले औपनिवेशिक सत्ताविरुद्ध हाम्रो आन्दोलन रहेको बताएका छन् ।

राष्ट्रिय मुक्ति क्रान्तिको मधेश व्युरोले आयोजना गरेको बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति सम्बादात्मक कार्यक्रममा बोल्दै अभियन्ता मोक्तानले विभिन्न जाति समुदाय रहेको मुलुकमा दक्षिणपन्थी सोच राखेका शाषकले सबैको सभ्यता समाप्त पारेकोले पुनः जागरणका लागि अभियानको थालनी गरेको बताए ।

माक्र्सवाद, माओवाद लगायतका वादहरु विदेशवाट आयात गरेर नेपालका भूमिपुत्रहरुको आफनो छुटै संस्कार र परम्पराहरुलाई ध्वस्त बनाइएको उनले बताए । उनले भने–‘अहिले संघीयता ल्याइएको भनेर हल्ला फैलाइदैछ तर यहाँका मुख्यमन्त्रीलाई सिडिओ जतिको पावर पनि छैन, अनि यस्तो सरकार बनाएर के फाइदा जसले आफ् नो शक्ति पनि प्रयोग गर्न पाउदैन ।’ अभियन्ता मोक्तानले हामी हरेक कुरा विदेशीहरुले चलाए झै सोचिरहेको बताउदै पुर्खाले सिकाएको पद्धतिलाई विर्सिसकेको र आफ्नो ताकतको अनुभव समेत विर्सिसकेको बताए । मधेश आन्दोलनको क्रममा मधेशीमाथि राज्यले गोली बर्साउदा मानव अधिकार आयोगले आपति जनाएको थियो त्यतिबेला केपी ओलीले दुइचार वटा आँप झरेको प्रतिक्रिया दिएका थिए, यस्तो प्रतिक्रिया केपी ओलीको मात्रै छ भनेर नसोच्नुस, शेरबहादुर देउवा र प्रचण्डको पनि मधेश प्रतिको यस्तै सोच छ, उनले भने–‘ आफनो सभ्यतालाई बचाउन आफै अग्रसर हुनुको विकल्प नरहेकोले अभियानलाई सार्थकता दिन एकवद्ध हुनु आवश्यक छ ।’

जनकपुरधाम स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा संजयकुमार सिंहको अध्यक्षतामा सम्वादात्मक कार्यक्रममा समाजका अगुवा, बुद्धिजीवी, प्राध्यापक, अधिवक्ता, संचारकर्मी, इन्जिनियर, डाक्टर, शिक्षक लगायतका प्रबुद्ध वर्गसँग अन्तरक्रिया गरिएको थियो । राजीव झाले विषय प्रवेश गराएको कार्यक्रममा केशव झा, अभियानी पूर्व मन्त्री तथा संविधानसभा सदस्य राम नरेश राय यादव, अनिल महासेठ, दीपक झा, रमण पाण्डेय, राम कुमार महतो, श्रीचन्द्र महतो, दिनेश यादव लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News