अपडेट 
२०८१ जेष्ठ ९, बुधबार ०८:०७

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मधेश प्रदेश सरकारलाई दिएको समर्थनबारे गोलमटोल जबाफ दिएका छन् । उनले केन्द्रमा माओवादी केन्द्र र नेकपा एमाले सम्मिलित गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि मधेशमा के हुन्छ भन्ने जवाफमा उनले उपेन्द्र जी संगको सहकार्य लामो चल्ने छ, तर सरकार निर्माणको विषयमा स्पष्ट जवाफ दिएन् ।

नेकपा एकीकृत सामाजवादी पार्टीका शुभेच्छुक संस्था सामाजवादी प्रेस संगठनले मंगलबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्य हरेक बिषयमा स्पष्ट कुरा राखे पनि मधेश प्रदेश सरकारको बिषयमा स्पष्ट जवाफ फर्काएका थिएन् । उनले विभाजित भएको जनता समाजवादी पार्टी (जसपा) नेपालमा सवै जना एक ठाउँमा आउन सक्ने समेत बताए । उनले प्रतिनिधि सभामा भइरहेको विरोध तथा प्रदर्शनको समस्याको समाधान वार्ता तथा संवाद मार्फत हुनु पर्ने पक्षमा आफ्नो पार्टी दृढ भएको बताए । उनले नयाँ आर्थिक वर्षका बजेट ल्याउने वेला भएकाले अहिलेको विरोध प्रदर्शनको सम्बोधनका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू एक ठाउँमा बसेर वार्ता तथा संवाद मार्फत समस्याको समाधान गर्नु पर्ने आवश्यकतामा जोड दिए ।

अध्यक्ष नेपालले ४ वटा दलहरूको सहभागितामा बनेको समाजवादी मोर्चाका एक प्रमुख घटकमा आएको विभाजनले समाजवादी मोर्चामा पुनर्संरचनाको आवश्यकता भएको बताए । उनले केन्द्रमा आफूहरू एमाले सहितको अहिलेको गठबन्धन सरकारमा भएपनि नेकपा एमालेसँग नेकपा एसको पार्टी एकीकरणको कुनै सम्भावना नभएको बरु नेकपा एस महाधिवेशनको तयारीमा जुटेको बताए । पत्रकार सम्मेलनमा पार्टीका सचिवालय सदस्य रामचन्द्र झा, मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्द न्यौपाने, श्रम तथा यातायातमन्त्री बेची लुंगेली सहितका नेताहरू उपस्थित रहेका थिए ।

Comment


Related News

Latest News

Trending News