अपडेट 
२०८१ जेष्ठ ९, बुधबार १६:३०

दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप गरिएको छ ।

बुधबार धनुषा जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । सरकारी वकिल कार्यालयले पाँच दिनको म्याद थप्न सिफारिस गरेको थियो । नागरिकतासम्बन्धी मुद्दामा मंगलबार काठमाडौंमा पक्राउ गरेर धनुषा पुराइएका सिरोहियालाई बुधबार जिल्ला अदालतमा हाजिर गराइएको थियो भने त्यसपछि सरकारी वकिल कार्यालयमा लगिएको थियो । न्यायाधीश चुडामन खड्काको इजलासबाट ३ दिनको म्याद थप अनुमतिको आदेश दिइएको धनुषा अदालतका श्रेस्तेदार कैलाशप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News