अपडेट 
२०८१ जेष्ठ ९, बुधबार १६:४५

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार भएको छ।

केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिको तयार गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार केन्द्रीय निर्वाचन तदर्थ समितिको कार्यतालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित हुनेछ।

जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दावी बिरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने छ । त्यसैदिन ४ बजेसम्म सो उपर निर्णय गरिने उनले बताए।

उम्मेदवारको नामावली नेपाली वर्णाणुक्रमअनुसार प्रकाशित बेलुकी ५ बजेसम्म र ५ देखि ८ बजेसम्म मनोनयन फिर्ता लिने कार्य हुने छ। जेठ २९ गते राति ८ बजेदेखि १० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुनेछ।

केन्द्रीय समितिको निर्वाचन सम्पन्न भएपछि सबै पदको लागि मतगणणा एकैपटक हुने उनले जानकारी दिए।

Comment


Related News

Latest News

Trending News