अपडेट 
२०८१ जेष्ठ १०, बिहीबार ०७:४१

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको रिहाइको माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरिएको छ ।

अध्यक्ष सिरोहियालाई पक्राउ गरेको विरोध गर्दै जनकपुरधाममा बुधवार नागरिक समाज, उद्योगी, व्यवसायी, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न पेशाकर्मी, सामाजिक संघसंस्था लगायतले प्रदर्शन गरे ।

धनुषा जिल्ला अदालत अगाडि पुगेर सरकारको विरोधमा नारावाजीमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको थियो । सरकारविरुद्ध नाराबाजीगर्दै अदालततर्फ जान खोज्दा प्रहरीको घेरा तोड्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको थियो । प्रदर्शनकारीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साध्न सिरोहियालाई पक्राउ गरेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News