अपडेट 
२०८१ जेष्ठ १०, बिहीबार ०७:४७

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधान मन्त्री माधव कुमार नेपालले कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ् तारी अचम्भित र दुःखद रहेको बताएका छन् ।

राजविराज नगरपालिका– ९ मलेठमा बुधबार नेकपा एकीकृत समाजवादी जिल्ला समितिद्वारा आयोजित बृहत पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका छन् । “सिरोहिया जनकपुरधामको वासिन्दा हो भनेर सबैलाई थाहा भएकै कुरा हो, उनले भने–‘एउटै नम्बरको दुई वटा नागरिकता परेको छ भने त्यो दोष नागरिकता पाउने व्यक्तिको होइन, नागरिकता दिने प्रशासनको हो ।” सिरोहियालाई नेपालको नागरिक हो कि होइन भन्ने कुरामा गिरफ्तार गरेको खबरले आपूmलाई अचम्भित र दुखित दुबै तुल्याएको चर्चा गर्दै उनले यो गिरफ्तारी राम्रो मिडिया चलाए वापतको दण्ड हो कि, बदलाको भावनाले थालिएको कदम हो ? बुझ्नै कठिन भएको छ उनले भने । सोधपुछ बाटै अनुसन्धान कार्य सुरु गर्न सकिने अवस्था रहे पनि गिरफ्तार नै गरिनु अचम्म र निन्दनीय विषय भएको उनको भनाई छ ।

एक अर्का प्रसंगमा उनले स्थापनाको छोटो समयमै आफ् नो पार्टीमा जनताको आकर्षण बढेको बताए । उनले विना भेदभाव सबैको साथ लिएर अघि बढ्दा सात वटै प्रदेशमा पार्टी थप स्थापित हुँदै गएको र जनताको आकर्षण बढ्दै गएको बताए । “साथ जिएगें, साथ मरेगें हिन्दी गीत गुनगुनाउदै उनले भने–‘ तपाईहरुको साथ र सहयोग यसरी नै पाइरहे सुशासन, सामाजिक न्यायको पक्षमा तथा भ्रष्टाचारविरुद्धको हाम्रो अभियानले थप उचाई प्राप्त गर्ने छन् ।” उनले आफ्नो पार्टी सामाजवादको यात्रा अभियानमा निस्केको बताउँदै यस अभियानमा सरिक हुन आम जनसमुदायलाइ आग्रह समेत गरे ।

अध्यक्ष नेपालले आफ्नो पार्टी जनताको चाहना अनुसार शासन चल्न सकोस भन्ने चाहेको बताउँदै अहिले मुलुकमा राजनीतिक स्थायित्व कायम रहोस भन्ने उद्देश्यले पनि वर्तमान सरकारलाई समर्थन गरेको बताए । मधेश प्रदेश सरकार परिवर्तनको सन्दर्भमा उनले भने– “अहिले हामी वर्तमान सरकारमा सहभागी छौं, भोलिको अवस्था कस्तो बन्ला त्यो परिस्थितीमा भर पर्छ ।”

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेका ५ सय भन्दा बढी नवप्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष नेपालले फुलमाला र अबिर लगाई स्वागत गरेका थिए ।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष धर्मनाथ साह, सचिवालय सदस्य पूर्व मन्त्री रामचन्द्र झा, मधेश प्रदेशका कृषि मन्त्री गोविन्द न्यौपाने, पूर्वमन्त्री राम चन्द्र यादव लगायतले पनि देशको वर्तमान अवस्था र पार्टीको भूमिका बारे आ–आफ्नो धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News