अपडेट 
२०८१ जेष्ठ १०, बिहीबार १६:२७

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थीरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार विराटनगरमा महाधिवेशन प्रतिनिधि छनौट कार्यक्रमलाई सम्बोधन गर्दैै यादवले मुलुकको अहिलेको संसदीय प्रणाली पटक पटक असफल भइसकेको भन्दै मुलुकमा राजनीतिक स्थीरता कायम गर्न निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताउनुभएको हो ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक प्रणालीबाट छनौट हुने संसद आवश्यक भएको उहाको भनाइ छ । उहाले मुलुक स्वेच्छाचारी तानाशाहको चंगुलमा फस्ने सम्भावना देखिएकोले जनतालाई सचेत र सजग हुन आग्रह समेत गर्नुभयो ।

अध्यक्ष यादवले लोकतन्त्रलाई धरापमा पार्न प्रेस स्वतन्त्रता हनन् गर्ने कार्य शुरु भएको टिप्पणी गर्नुभयो । उहाँले प्रधानमन्त्रीले नै हाकाहाकी पार्टी फुटाएको भनेकाले लोकतन्त्रको भविष्य आफुले नदेखेको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News