अपडेट 
२०८१ जेष्ठ ११, शुक्रबार ०७:२७

प्रत्येक वर्ष जनकपुरधामबाट दर्जनौको संख्यामा विद्यार्थीहरु भारतमा अध्ययनका लागि जाने गरेका छन् ।

जनकपुरधाममा बिहीबार कृष्णा फाउन्डेसनले पत्रकार सम्मेलनको आयोजना गर्दै भर्ना अभियान २०२४ अन्तर्गत शैक्षिक मेलामा एक सय ५० जना विद्यार्थी भारतको विभिन्न प्रान्तका कलेजमा अध्ययनका लागि गएको जनाएको छ । कृष्ण फाउन्डेसन जनकपुरका निर्देशक सुजित कर्णले भारतको आन्ध्र प्रदेश, चेन्नई, बेंग्लुरु, कर्नाटका, भेलोर, दिल्लीलगायतका सरकारी विश्वविद्यालय तथा निजी कलेजहरुमा अध्ययनका लागि जनकपुरधामबाट अहिलेसम्म १५० जना गइसकेको छ भने अझै जाने क्रम जारी रहेको बताए ।

जनकपुरधाममा आयोजित शैक्षिक मेलामा भारतको आधा दर्जनभन्दा बढी विश्विद्यालय र कलेजका प्रतिनिधिहरुसमेतको उपस्थितिमा फाउन्डेसनको तर्फबाट सयौँ विद्यार्थीहरुलाई कोर्ष काउन्सेलिंग, छात्रवृत्ति अवसर र मेलामा तत्कालै भर्ना गर्ने अभियानमा १५० जना विद्यार्थीहरुले नामांकन गराएको उनले बताए । शैक्षिक मेलामा विद्यार्थी विशेषगरी चिकित्सकीय अध्ययन, इन्जिनियरिंग अध्ययन, कानुनी अध्ययनलगायत विभिन्न विषयगत अध्ययनप्रति विद्यार्थीहरुले रुचि राख्ने गरेको फाउन्डेसनका प्रतिनिधि द्रबेश झाले बताए ।

प्रतिनिधि झाले नेपाली विद्यार्थीहरुलाई भारतमा शैक्षिक अध्ययनका लागि विशेष शुल्क छुटको व्यवस्थासमेत रहेको बताए ।

Comment


Related News

Latest News

Trending News