अपडेट 
२०८१ जेष्ठ ११, शुक्रबार ०७:३३

बाल विवाह न्यूनीकरणकालागि मधेश प्रदेश सरकारले चार सय जना विद्यार्थीलाई तालिम दिएर साथी शिक्षक (रूपान्तरण चैम्पियन) तयार गरेको छ ।

मधेश प्रदेशमा बालविवाह, दाइजो प्रथा, लैङ्गिक हिंसाको अवस्था बढ्दो रहेकाले यसको न्यूनीकरणका लागि साथी शिक्षकले जनचेतना फैलाउने काम गर्ने जनाएको छ । मधेश प्रदेशको तीन जिल्ला धनुषा, महोत्तरी र सप्तरीमा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीलाई प्रभावकारी सञ्चार, तनाव व्यवस्थापन, लक्ष्य प्राप्त गर्दा आउने चुनौती, जीवन उपयोगी सीप, बाल अधिकारको प्रयोग, लिङ्ग र लैङ्गिकता सहितका विषयमा प्रशिक्षक रामदेव ठाकुरले तालिम दिएका छन् । उनले तालिम लिएका एक जान विद्यार्थीले आफ्नो विद्यालयका सय जना विद्यार्थीलाई तालिम लिएका विषयको बारेमा जानकारी गराउने बताए । यसले गर्दा समाजमा हुने गरेको बालविवाह, दाइजो प्रथा, लैङ्गिक हिंसा सहितका विकृतिहरू न्यूनीकरण हुनुको साथै विद्यार्थीमा जीवन उपयोगी सीपको विकास हुने उनको भनाइ छ ।

प्रत्येक जिल्लामा चार–चार वटा समूह बनाएर विभिन्न चरणमा पाँच दिनसम्म तालिम दिइएपछि विद्यार्थीमा विद्यालयमा कुनै प्रकारको घटना हुँदा त्यसको व्यवस्थापन कसरी गर्ने, संविधानमा उल्लेखित बाल अधिकारलाई कसरी उपयोग गर्ने र जीवनमा असल नागरिक कसरी बन्ने विषमा तालिम लिएका विद्यार्थीमा ज्ञान भएको रूपान्तरण कार्यक्रमका धनुषा संयोजक नीलमणि शुक्लले जानकारी दिए । उनले मधेश प्रदेशका तीन जिल्लाको १२ पालिकाका एकसय वटा विद्यालयका विद्यार्थी तालिममा सहभागी भएको जानकारी गराए । उनले उक्त कार्यक्रममार्फत चारसय विद्यार्थीका साथै दुईसय जना शिक्षक र तीनसय जना विद्यालयका गुनासो सुनुवाइ समितिका पदाअधिकारीलाई तालिम दिइएको बताए ।

धनुषाको लक्ष्मिनियाँ गाउँपालिका, शहीदनगर नगरपालिका, मिथिला नगरपालिका र जनकपुरधाम उपमहानगरपालिका महोतरीको मनराशिसवा नगरपालिका, एकडारा गाउँपालिका, पिपरा गाउँपालिका र बर्दिबास नगरपालिका र सप्तरीको सुरुङ्गा नगरपालिका, छिनमस्ता गाउँपालिका, विष्णुपुर गाउँपालिका र राजविराज नगरपालिकामा उक्त कार्यक्रम सञ्चालनमा रहेको छ ।

Comment


Related News

Latest News

Trending News