अपडेट 
२०८१ जेष्ठ १३, आईतवार ०७:५३

नेकपा एमालेले मधेश प्रदेशबाट निर्वाचित आफ्ना जनप्रतिनिधि र पार्टी अध्यक्षसहित प्रदेश पदाधिकारीलाई तीन दिवसीय प्रशिक्षण दिँदै छ ।

महोत्तरीको बर्दिबासमा शनिबारदेखि सुरु भएको तीन दिवसीय प्रशिक्षणमा एमालेको स्थानीय विकास विभाग तथा केन्द्रीय पार्टी स्कुल विभागको र एमाले मधेश प्रदेश कमिटीको व्यवस्थापनमा सुरु भएको शिविरको उद्घाटन पूर्वमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका छन् ।

सो उद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले विगतको सरकार देश र जनताप्रति उत्तरदायी हुन नसक्दा वर्तमान अवस्थामा एमालेसहितको नयाँ समीकरण बनेको बताए । उनले प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउँदै एमाले सामाजिक परिवर्तनको अभियान सफल बनाउनतर्फ लागेको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले जनताको चाहना पूरा गर्दै आगामी दिनलाई मिसन ०८४ मा केन्द्रित भएको बताए ।

एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता एवं प्रदेश सचिव मनोज पौडेलको सहजिकरणमा कार्यक्रम भएको छ । सो प्रशिक्षणमा केन्द्रीय स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल, पोलिटब्युरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, रामदयाल मण्डल, केन्द्रीय सदस्यहरू रामऔतार यादव, कल्पना कटुवाल लगायतको उपस्थिति रहेको थियो ।

सो प्रशिक्षणमा स्थानीय तहको बजेट जनमुखी कसरी बनाउने, प्रणालीगत कानुनी प्रबन्ध तथा स्थानीय तहमा न्यायिक अधिकार, स्थानीय विकास नयाँ सोच र नयाँ काम र स्थानीय तहको आर्थिक श्रोत परिचालन तथा व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण केन्द्रीत रहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News