अपडेट 
२०८१ जेष्ठ १३, आईतवार १५:१८

प्रतिपक्षी दलहरूको निरन्तर अवरोधबीच प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग गरिरहेका कांग्रेस सांसद आज पनि नाराबाजीसहित रोष्टम घेर्न पुगेका थिए ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।

सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक मंगलबार १ बजेका लागि बोलाएका छन् ।

Comment


Related News

Latest News

Trending News