२०८१ जेष्ठ १४, सोमबार ०८:३०

जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक प्रतिवेदन पारित भएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको प्रथम राष्ट्रिय महाधिवशेनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

जसपा, नेपालले महाधिवेशन प्रतिनिधि निर्वाचन कार्यलाई तीब्रता दिएको छ। संगठन विभागले महाधिवेशन प्रतिनिधिको अभिलेखीकरण गरेसँगै केन्द्रीय निर्वाचन समितिले प्रतिनिधिको नामावली सार्वजनिक गर्ने छ।

जसपा, नेपालको महाविधेशन आगामी जेठ २८–३० गते जनकपुरमा हुँदैछ ।

Comment

Related News

Latest News

Trending News