
सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ ।
सुनको भाउ तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३६ हजार नौ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर एक हजार आठ सय ८० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ ।