अपडेट 
२०८१ जेष्ठ १५, मंगलवार १८:५१

सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानविन बिशेष समिति गठन गरिएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले संसदीय छानविन समिति गठन गरिएको जानकारी दिनुभएको हो । ७ सदस्यीय संसदीय छानबिन विशेष समितिमा कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापाक्षेत्री रहनुभएको छ त्यस्तै माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहनुभएको सभामुख घिमिरेले जानकारी दिनुभयो । समितिलाई समस्याग्रस्त सहकारीको अध्ययन अनुसन्धान गर्न कार्यप्रारम्भ भएको मितिले तीन महिनाको समय दिइएको उहाले बताउनुभयो ।

सभामुख घिमिरेले प्रस्तुत गर्नुभएको समिति गठनको प्रस्तावलाई बैठकले सहमत जनाएको थियो ।

Comment


Related News

Latest News

Trending News