अपडेट 
२०८१ जेष्ठ १५, मंगलवार १६:०३

नागरिकता कीर्तेसम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

जनकपुरधामको काब्या अस्पतालमा शुक्रबार उपचारका लागि भर्ना भएका उनलाई डा. एसके सिंह र डा. पंकजकुमार साहको सिफारिसमा थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

सिरोहियालाई सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । उनलाई ललितपुरमा रहेको मेडिसिटी अस्पताल लगिने धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए ।

सिरोहियालाई अदालतको अनुमतिपछि प्रहरीले ज्येष्ठ ८ गते मंगलबार कान्तिपुरको कार्यालयबाट पक्राउ गरेर जनकपुरधाम पुर्‍याइएको थियो । धनुषा जिल्ला अदालतले उनलाई पहिलो, दोस्रो र तेस्रो पटक ३/३ दिनको म्याद थपेको छ ।

दोस्रो पटक म्याद थपेकै दिन साँझ उनलाई उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि प्रहरीले प्रादेशिक अस्पताल लगेको थियो ।

 

Comment


Related News

Latest News

Trending News