अपडेट 
२०८१ जेष्ठ १५, मंगलवार १६:०८

अर्थमन्त्री वर्षमान पुनले निजगढदेखि ढल्केबर सम्मको पूर्वपश्चिम राजमार्ग आसपासको क्षेत्रलाई नेपाली गलैँचा करिडोरको रूपमा विकास गर्ने घोषणा गरेका छन्।

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। सार्वजनिक निकायले नेपालमा बनेको गलैँचा खरिद गर्नुपर्ने व्यवस्था पनि बजेटमा गरिएको छ।

प्रदेश तथा स्थानीय तहको समन्वयमा सल्यान, रूकुमको सारदा नदी आसपासको क्षेत्रलाई कृषि करिडोरका रूपमा विकास गरिएको पनि उनले बताए।

Comment


Related News

Latest News

Trending News