अपडेट 
२०८१ जेष्ठ १६, बुधबार ०७:५५

केही दिन यता टन्टलापुर घामसंगै बढेको अत्यधिक गर्मीका कारण सप्तरीसहित मधेश प्रदेशको जनजीवन कष्टकर बनेको छ ।

जिल्लामा केही दिन यता तापक्रम ४० देखि ४५ सम्म पुगे पछि जनजीवन अस्तव्यस्त बनेको छे । अत्यधिक गर्मी र प्रचण्ड घामका कारण सर्वसाधारण घरबाट कमै निस्कने गरेकाले बजार, कार्यालय र विद्यालय सबै तिर चहल पहल घटेको छ ।

बजार सुनसान देखिए पनि गर्मीका कारण विरामीको संख्या भने अस्पताल र निजी क्लिनिकमा ह्वातै बढेको छ । अत्यधिक गर्मीका कारण टाइफाइड, ज्वरो, रुघाखोकी, खटिरा, आउँमासी, झाडापखाला र सर्पदंशका विर ामीको चाप बढेको स्थानीय गजेन्द्रनारायण सिंह अस्पलताल आकस्मिक कक्षका अहे ब जयकृष्ण गुरुमैताले जानकारी दिए ।

गर्मीका कारण हुने विभिन्न रो गबाट पीडित भइ उपचारका लागि आउने विरामीको संख्या दैनिक १५ देखि २० जना सम्म हुने गरेको उनले बताए । उनले पछिल्लो एक साता यता अत्यधिक गर्मीका कारण ग्रामिण क्षेत्रमा सर्पदंशको घट्नामा वृद्धि भएको छ । दैनिक ५÷६ जना सर्पदंशका विरामीहरु आउन थालेका छन्, उनले भने “मंगलबार मात्रै सर्पदंशबाट अचेत भएका ५ जना उपचारका लागि अस्पताल भर्ना भएका छन् ।” सात दिन यता चार दर्जनभन्दा बढी सर्पदंशका विरामी उपचारका लागि आएको अहेब गुरमैताले बताए ।

सर्पदंशको घट्ना ह्वातै बढेपछि अस्पतालमा “एन्टी स्नेक भेनम” नामक औ षधि पर्याप्त मात्रामा झिकाई स्टक गरिएको अस्पताल प्रशासनले जनाएको छ । अत्यधिक गर्मीका कारण विद्यायलहरुमा विद्यार्थीको उपस्थिति संख्या न्यून हुँदै गएपछि कतिपय विद्यालयले केही दिनका लागि विदा दिएका छन् । यस्तै जिल्लाको मुख्यबजार सरकारी कार्यालयहरुमा समेत चहल/पहल न्यून भइ सुनसान भएको छ ।

समयमा मनसुन सुरु न हुँदा गर्मी अत्यधिक बढेको तथा केही दिन अझै यस्तो अवस्था रह्ने मौसमविद्को भनाइ छ । गर्मीको असरले स्वास्थ्यमा धेरै प्रकारको नकारात्मक असर पार्ने भन्दै चिकित्सकहरुले गर्मीबाट बच्न सावधान र हन सुझाएका छन् । त्यस्तै पछिल्लो केही दिन देखि लागिरहे को चर्को घाम सँगै बढेको गर्मीको कारण रौतहट स्थित विद्यालयमा अध्ययनरत बालबालिकाहरू बेहोस हुन थालेका छन् ।

आइतबार बौधीमाई नगरपालिका ८ सरमुजवाका ५५ वर्षीय जयमंगल यादव अत्यधिक गर्मी सहन नसकेर देवाही गोनाही मौलापुर सडकखण्ड अन्तर्गत लाल बकैया पुलमा ढलेर मृत्यु भएको थियो ।

Comment


Related News

Latest News

Trending News