अपडेट 
२०८१ जेष्ठ १६, बुधबार १५:१४

नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ।

अघिल्लो दिन प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला छ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १९ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १९ सय २० रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Comment


Related News

Latest News

Trending News