अपडेट 
२०८१ जेष्ठ १६, बुधबार १६:०९

जेठ १८ सम्म तराई क्षेत्रमा अत्यधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) देखि शुक्रबारसम्म तराई क्षेत्रमा तातो हावा चल्ने र त्यसले स्वास्थ्यमा असर पार्ने भएकाले बच्ने उपाय अपनाउन आवश्यक छ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।

महाशाखाले भनेको छ- आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

साथै महाशाखाले दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिन हेर्न पनि अनुरोध गरेको छ।

Comment


Related News

Latest News

Trending News