
अत्यधिक गर्मीका कारण जनकपुरधामका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु पाँच दिनका लागि बन्द गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै उपमहानगरपालिकाभरिका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पाँच दिनसम्मका लागि आकस्मिक गर्मी विदा दिने निर्णय गरेको हो ।
हाल बढ्दो अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जेठ १७ गते बिहिबारदेखि २१ गते सोमबारसम्म वर्षे बिदाबाट कट्टा हुनेगरी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रशासनिक कार्यबाहेक पठनपाठन बन्द रहने जनकपुरधाम उपमहानगरपालिकाका उपनिर्देशक मेहीलाल यादवले जानकारी दिएका छन् ।