अपडेट 
२०८१ जेष्ठ १६, बुधबार १८:११

महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष पेस गरिएको छ ।

बुधबार महालेखापरीक्षकको कार्यालयका सह–सचिव एवं मधेश प्रदेश प्रमुखका प्रमुख श्याम प्रसाद भण्डारीले प्रदेश प्रमुखको सचिवालयमा छैटौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएका हुन ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रतिवेदनको अध्ययन गरी प्रदेशमा आर्थिक सुशासन कायम गर्नका लागि प्रदेश सरकारलाई सुझाव दिने बताउनुभयो ।

उहाँले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएका विषयहरूको कार्यान्वयनले प्रदेशमा आर्थिक अनुशासन कायम गर्नमा ठूलो मद्दत पुग्ने बताउनुभयो । प्रदेश प्रमुख भण्डारीले मधेश प्रदेशमा बेरुजू अन्य प्रदेशको तुलनामा बढी हुनु चिन्ताको विषय भएको बताउँदै यस विषयमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउने बताउनुभयो ।

प्रतिवेदन बुझाउँदै महालेखापरीक्षक कार्यालयका सह–सचिव श्याम प्रसाद भण्डारीले गत वर्ष भन्दा थोरै बढी बेरुजू मधेश प्रदेशमा बढेको बताउँदै बेरुजू बढ्नुमा म्याद नाघेको पेश्की नै प्रमुख कारणको रुपमा रहेको बताउनुभयो ।

नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम सात वटै प्रदेशका प्रदेश प्रमुखहरूलाई प्रदेश मातहतको निकायहरूमा भएको लेखा परीक्षकको प्रतिवेदन बुझाउने संवैधानिक व्यवस्था रहेको छ ।

Comment


Related News

Latest News

Trending News