अपडेट 
२०८१ जेष्ठ १७, बिहीबार ०७:१२

धनुषामा गरिबसँग विशेश्वर कार्यक्रम अन्तर्गत समूहमा बेमोसमी तरकारी तथा धान बाली सम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

बुधबारदेखि धनुषाको धनौजी गाउँपालिका वडा नं ३ मा सो प्रशिक्षण तालिम सुरु भएको छ । धनौजी गाउँपालिका वडा नं. ३ को संयोजकत्व र धनैजी गाउँपालिकाको कार्यालयद्वारा आयोजित उक्त प्रशिक्षण तालीममा वडा नं ३ का महिला र पुरुष गरी जम्मा ३० जना कृषकलाई ५ दिनसम्म तालीम दिइने गरिब संग विशेश्वर कार्यक्रमको संगठित समूहका अध्यक्ष राम कुमार महतोले जानकारी दिए । उनले २०४७ सालदेखि सञ्चालित उक्त कार्यक्रम अन्तर्गत हालसम्म १६ वटा समूह निर्माण भई पापड बनाउने, साबुन बनाउने, बाख्रा पालनलगायतका विभिन्न आर्थिक उत्थानका कार्यक्रमहरु सञ्चालन गरेको बताए ।

कार्यक्रमको उदघाटन गर्दै धनौजी गाउँपालिकाका अध्यक्ष राज कुमार साहले बजारमा पाउने विशादियुक्त तरकारीको प्रयोग बन्द गर्न ताजा र पोशणयुक्त तरकारी उत्पादन गर्न यो तालिम महत्वपूर्ण हुने बताए । उनले सहभागीहरुलाई राम्ररी बेमौशमी तरकारी फलाउन सिकेर आफ्नो स्वास्थ्य र आर्थिक स्थितीलाई राम्रो बनाउन सुझाव दिए ।

कार्यक्रममा सामाजिक परिचालक रामनारायण रायले गरीब संग विशेश्वर कार्यक्रम गाउँघरका गरिब घरपरिवारहरुका लागि बरदान साबित भएको बताए । उनले विगत केही वर्षदेखि यो कार्यक्रम बन्द रहेकोले गरीव विपन्न परिवारलाई दुख भोग्नु परेको गुनासो पोखे । उनले पुनः यो कार्यक्रमलाई सरकारले निरन्तरता दिएकोमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष रामनारायण यादवले आगामि दिनमा विभिन्न किसिमका तालिमहरु वाडवासीलाई दिइने बताए । कार्यक्रममा ५ दिन सम्म बेमौसमी तरकारी र धान उब्जाउने तरीकाबारे भोगेन्द्र यादव र टेक राज पौडेल प्रशिक्षण दिने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News