अपडेट 
२०८१ जेष्ठ १७, बिहीबार ०७:१७

जनकपुरधाम उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष बेचन साह हलवाईले आफना वार्डका सदस्यहरुले लगाएको आरोप कपोकल्पीत रहेको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै वडाध्यक्ष साहले आफु विरुद्ध जालझेल रचि आफुलाई बदनाम गर्ने नियतले विना आधारको आरोप लगाएको उनले बताएका हुन् । उनले भने,‘कम्वल वितरणमा अनियमतीतता गरेको भनि आरोप लगाईन्छ तर कम्बल वितरण कार्यक्रम जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहको अध्यक्षता र नागरिक समाज तथा आफना चारवटै सदस्यहरुको उपस्थितीमा वितरण गरेको छु तर अनियमितता गरेको आरोप लगाउनु दुखद हो ।’ वडाध्यक्ष साहले आफुले अनियमीतता गरेको भन्दै एक अनलाईन संचारमाध्यममा समाचार आएपनि समाचारको विषयमा आफुसंग प्रतिक्रिया लिनुपर्नेमा नलिई एकलौटी समाचार प्रकासन गरेको आरोप लगाए । उनले दुई वर्ष सम्म कुनै पनि किसीमको भ्रष्टाचार नगरेको र आउने पाँचवर्ष सम्म कुनै पनि अनियमितता नगर्ने प्रतिवद्धता जनाउदै यदि आफु विरुद्ध कुनै प्रमाण छ भने प्रस्तुत गर्न चेतावनी पनि दिएका थिए ।

वडा सदस्यहरुले जालझेल रचेर वार्ड कार्यालयमा तालावन्दी गरेको भन्दै यस कारण बालबालिकालाई खोप दिने कार्यक्रम रहेकोमा सो कार्यक्रम पनि प्रभावित भएको बताउदै अध्यक्ष साहले खोपको अभियान सुरु भएको दिन कार्यालयमा ताला लगाएको,यसबाट खोप पनि प्रभावित भएको बताए ।

वडाध्यक्ष साहले एउटा कोठमा नागरिकलाई वितरण गर्नका लागि महत्वपुर्ण समाग्रीहरु स्टोर गरेर राखिएकोमा त्यसको सुरक्षा हेतुनै एउटा कोठालाई आफु अनुपस्थित रहेको बेलामा बन्द गरेकोमा विना आधार लामो समय देखि कोठा बन्द गरेको भनेर आरोप लगाइएको बताए । उनले आफु विरुद्ध विना आधार र आफनो प्रतिक्रिया समेत नलिएर अनलाई समाचारमा आफुलाई बदनाम गर्ने गरि तथ्य हिन समाचार प्रकासन गरेकोमा खेद प्रकट समेत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News