अपडेट 
२०८१ जेष्ठ १७, बिहीबार ०७:४१

सशस्त्र प्रहरीले जनकपुरधामस्थित रेलबाट भारततर्फ लैजाँदै गरेको एक युवतीको सकुशल उद्धार गरेको छ ।

बुधबार जनकपुरधाम उपमहानगरपालिका– १ स्थित रेल्वे स्टेसनबाट रेल्वे सुरक्षा बेश जनकपुरधामका सशस्त्र प्रहरी सहायक निरीक्षक महेश राईको ५ जनाको टोलीले यात्रु चेकजाँच गर्ने क्रममा जनकपुरधामस्थित बसबिटी बस्ने २२ वर्षीया काजल मुखियालाई उद्धार गरेको जनाएको छन् ।

जनकपुरधाम उपमहानगरपालिका– २२ बसबिटीकी काजल मुखियालाई जनकपुरधाम उपमहानगरपालिका– १५ मौवाकी २२ वर्षीया पिंकी मुखियाले जनकपुरधामबाट रेलमा भारतको जयनगरतर्फ लैजान लागेको भन्ने बुझ्न आएपछि नियन्त्रणमा लिएको सशस्त्र प हरी बल नेपाल नम्बर ८ गण हेक्वाटर धनुषाका प्रहरी निरीक्षक सुरेश लामाले बताए । उनी आफन्तको सम्पर्कमा नआएकोले दुवै जनालाई नियन्त्रणमा लिई शान्ति पुनस्र्थापना केन्द्र धनुषाको जिम्मा लगाइएर जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News