अपडेट 
२०८१ जेष्ठ १७, बिहीबार १२:४४

सुनको भाउ आज एकैदिन तोलामा २ हजार ३ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ २ हजार ३ सय रुपैयाँले बढेर आज तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख ३८ हजार २ सय रुपैयाँ रहेको थियो । सुनको भाउमा केही समययता उतारचढाव भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ भने घटेकाे छ । आज चाँदी ३० रुपैयाँले घटेर ताेलाकाे १ हजार ९ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News