२०८१ जेष्ठ १७, बिहीबार १७:०३

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिले एसिड आक्रमणबाट पीडित व्यक्तिलाई अदालतबाट फैसला भई तोकिएको रकम र उपचारमा लाग्ने खर्च क्षतिपूर्ति राहत कोषबाट राहत रकम उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिको नेपालमा एसिड आक्रमण पीडितहरूको क्षतिपूर्ति सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकले पीडितको निवेदन आएको एक महिनाभित्र क्षतिपूर्ति दिने व्यवस्था मिलाउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले एसिड आक्रमण गर्ने कार्यलाई निरुत्साहित गर्न कानूनलाई परिमार्जन गरी थप कडा बनाइने बताउनुभयो ।

मन्त्री गिरीले क्षतिपूर्तिको कोषको समुचित परिचालन गरी पीडितको स्वास्थ्योपचारमा राज्यले कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Comment

Related News

Latest News

Trending News