राष्ट्रपति रामचन्द्र पौडेलले स्विजरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्विजरल्याण्डको भ्रमण गर्न स्वीकृति दिएको हो ।
जेठ ३१ गते स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र सो पश्चात संघीय गणतन्त्र र जर्मनीको भ्रमण कार्यक्रम रहेको हुनाले भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
त्यस्तै सरकारले नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढामगर, मद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायव महान्यायाधिवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिस्ट्रार पदमा पदस्थापन गरेको छ ।
सरकारले वन दोस्रो संशोधन नियमावली,२०२१ स्वीकृत गरेको छ । साथै तिलगंगा आँखा विश्वविद्यालय सम्बधमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेस गर्न स्वीकृति दिएको छ ।