अपडेट 
२०८१ जेष्ठ १८, शुक्रबार ०८:३८

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

विभिन्न जिल्लाका निकायहरूले कालोसूचीमा राख्न लेखि पठाएका विभिन्न निर्माण कम्पनीहरूलाई कार्यालयले १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।

फ्रेन्ड्स ट्रेडिङ कन्सर्न ललितपुर, स्टार इन्फ्रा एन्ड डेभलोपर्स प्रा.लि धनुषा र बाबा माइनचन्द इन्टरनेशनल भोटेबहालाई तीन/तीन वर्षका लागि कालोसूचीमा राखिएको छ।

त्यस्तै बिकोई-जय बागेश्वरी-सिस्ने जेभी नेपालगन्ज र यसअन्तर्गतका बिकोई बिल्डर्स टंगाल काठमाडौं, जय वागेश्वरी माता कन्स्ट्रक्सन नेपालगन्ज र सिस्ने कन्स्ट्रक्सन नेपालगन्जलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।

धुलीखेल-जेके जेभी कोहलपुर बाँके र यसमातहतका दुई कम्पनीलाई ‍डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ।

 

Comment


Related News

Latest News

Trending News