अपडेट 
२०८१ जेष्ठ १८, शुक्रबार १२:०९

सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ ।

आज सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

हिजो सुनको भाउ तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँ रहेको थियो । यसअघि जेठ ७ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । आज त्यो रेकर्ड तोडिएको छ ।

त्यस्तै चाँदीको भाउ भने आज २५ रुपैयाँले घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर  १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोला १ हजार ९ सय रुपैयाँ रहेको थियो ।

Comment


Related News

Latest News

Trending News