अपडेट 
२०८१ जेष्ठ १८, शुक्रबार १५:३९

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित गरेको छ । शुक्रवार बसेको समितिको बैठकले विधेयक सर्वसम्मतबाट पारित गरेको हो ।

राष्ट्रियसभाबाट पारित भएर आएको उक्त विधेयकको प्रतिवेदन अब प्रतिनिधि सभामा पेस हुने समितिका सचिव वविता मिश्रले  जानकारी दिइन । उनका अनुसार अब उक्त विधेयक प्रतिनिधिसभाबाट स्वीकृत भएर पुनः राष्ट्रिय सभामा जानेछ ।

प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रियसभाले स्वीकार गरेको खण्डमा राष्ट्रियसभा अध्यक्षबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपति जानेछ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐनमा रूपान्तरण भएर लागू हुनेछ ।

Comment


Related News

Latest News

Trending News