अपडेट 
२०८१ जेष्ठ १९, शनिबार ०८:०७

धनुषाको ढल्केबरमा स्थापना भएको मालपोत र नापी कार्यालयले विधिवतरुपमा सेवाग्राहीलाई सेवा दिन थालेको छ ।

शुक्रबार एक कार्यक्रम बीच दुवै कार्यालयको एक साथ उद्घाटन भएपछि जग्गासम्बन्धी सबै कामकाज सुरु भएको छ । सो कार्यालयको उद्घाटन राष्ट्रिय सभाका सदस्य आनन्द प्रसाद ढुंगाना र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले संयुक्त रूपमा गरे ।

सो कार्यालय उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य ढुंगानाले संघीयताको भावनाअनुसार जनतालाई आफ्नै ठाउँबाट सहज रूपमा सेवा दिने उद्देश्यले ढल्केवर मालपोत र नापी कार्यालयको स्थापना भएको बताए । सो कार्यालयहरू सञ्चालनमा आउँदा धनुषाको उत्तर–पुर्वका सेवाग्राहीलाई जग्गासम्बन्धी काम गराउन सुविधा भएको उनले बताए ।

राष्ट्रिय सभा सदस्य ढुंगानाले जनताको कामसँग प्रत्यक्ष जोडिएको सो कार्यालयलाई बाहिरबाट हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यकता रहेको उल्लेख गर्दै चुस्तदुरुस्त भएर सेवा प्रदान गर्न सुझाव उनले दिए । कांग्रेसका सहमहामन्त्री यादवले ढल्केवरलगायत आसपासका पालिकाका नागरिकलाई जग्गासम्बन्धी कामकाज गराउनका लागि अब जनकपुरधाम जानु नपर्ने बताए । उनले यहाँका मालपोत र नापीको सेवा सुचारु गर्ने विषयमा आफूले पनि आवश्यक पहल गरेको बताए ।

ढल्केवर सञ्चालन भएको मालपोत र नापी कार्यालयले साविकका गाविसहरू ढल्केवर, बेंगाडाबर, तुलसी, हरिहरपुर, नकटाझिज, भुचक्रपुर, शान्तिपुर, गोदार, भरतपुरलगायत अहिलेका तीन वटा स्थानीय तह मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रका सेवाग्राहीलाई सेवा प्रदान गरिने छ ।

Comment


Related News

Latest News

Trending News