अपडेट 
२०८१ जेष्ठ २०, आईतवार १०:४७

कञ्चनपुर राजविराज हुलाकी सडक खण्डको महुली र सुन्दरी पुलको विचमा पर्ने सुब्बाटोल नजिक सडकमा ट्रयाक्टर दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

शनिवार बेलुका करिब ७ बजेको समयमा हुलाकी सडक भएर राजविराज तर्फबाट आँप लिए कञ्चनपुर आउँदै गरेको अवस्थामा स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटना हुदाँ घटना स्थलमै २ जनाको मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता डुण्डिराज न्यौपानेले जानकारी दिए।

मृत्यु हुनेमा सिरहा लाहान १९ बस्ने ३२ को मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का २१ सुशिल राम रहेको न्यौपानेको भनाइ छ।

घाइते मध्ये १४ जनाको विराटनगरको गोल्डेन सिटी अस्पताल र अन्यको कञ्चनरूपस्थित धर्मेश्वर हस्पिटलमा उपचार भइरहेको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Comment


Related News

Latest News

Trending News