अपडेट 
२०८१ जेष्ठ २१, सोमबार ०७:०३

जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दर्ता गरेको रिटको फैसलालाई दलहरुले हेरिरहेका छन् ।

जसपा नेपालको मुद्दाको पेशी जेठ २२ गते मंगलवार तोकिएको छ । अदालतको फैसला पार्टी विभाजनको निर्णय विरुद्ध आए मधेश प्रदेशदेखि संघीय गठबन्धनसम्म उथलपुथल हुने सम्भावना छ । मुख्यमन्त्री सरोज कुमार यादवले जेठ २३ गते विश्वासको मत लिने बताइसकेका छन् । त्यस अघि आउने सम्भावना रहेको अदालतको आदेशलाई दलहरुले कुरिरहेका छन् ।

सर्वोच्चको फैसलाले मधेश र देशका राजनीतिलाई प्रभावित गर्ने सम्भावना बलियो छ ।

Comment


Related News

Latest News

Trending News