अपडेट 
२०८१ जेष्ठ २१, सोमबार १७:२१

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वित्तीय समानीकरणको बजेट स्थानीय तहलाई छिटो दिन माग गरेको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले सोमबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तहलाई संघ सरकारले दिनुपर्ने २४ अर्बभन्दा धेरै रकम रोकिएको भन्दै आपत्ति जनाएका छन् ।

नगरपालिका महासंघ र गाउँपालिका महासंघले सो रकम माग गर्दै विरोध जनाएकोमा लोसपाले त्यसलाई समर्थनसमेत जनाएको छ । लोसपाले वित्तीय समानीकरणको रकम रोकिनुले संघीयतामाथि नै प्रश्न उठ्ने बताएको छ ।

Comment


Related News

Latest News

Trending News