अपडेट 
२०८१ जेष्ठ २२, मंगलवार ०७:४६

आफ्नो समस्या समाधानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको मुख्यद्वारमा धर्ना दिइ रहेका मिटर ब्याज पीडितहरुमाथि प्रहरीले लाठी चार्ज गरेका छन् ।

धनुषा जिल्लाका विभिन्न पालिकाबाट जनकपुरधाम पुगेका मिटर ब्याज पीडितहरुलाई मुख्यद्वार छाडेर धर्नामा बस्न भनेपछि पीडितहरुले डिएसपी रञ्जन आवामाथि हातपात गर्ने प्रयास गरेपछि प्रहरीले लाठी चार्ज गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सयौंको संख्यामा जिल्ला प्रहरी कार्यालय पुगेका महिला तथा पुरुष मिटर ब्याज पीडितहरुमाथि प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गरेका थिए । लाठी चार्जबाट दर्जनौ मिटर ब्याज पीडितहरु घाइते भएका छन् ।

मिटर ब्याज सम्वन्धी समस्या सामाधानकालागि सरकारले अलगै आयोग गठन गरेका थिए । पछि जिल्ला प्रशसन कार्यालयहरु हुँदै अहिले जिल्ला प्रहरी कार्यालयलाई मिटर ब्याज सम्वन्धी समस्या समाधानको जिम्मेवारी दिइएको छ । आफ्नो समस्या समाधानमा जिल्ला प्रहरी कार्यालयले चासो नलिएको भन्दै मिटर ब्याज पीडितहरु सोमबार जिल्ला प्रहरी कार्यालय धनुषाको मुख्यद्वारमा धर्ना दिने कार्यक्रम तय गरेका थिए । धर्ना कार्यक्रम सम्पन्न गर्न डिएसपी आवाको नेतृत्वमा गएको टोली र मिटर ब्याज पीडितहरु बीच भनाभन भएपछि लाठी चार्ज गरिएको पीडितहरुले बताएका छन् ।

आफ्नो समस्या प्रति जिल्ला प्रहरी कार्यालय कुनै सुनुवाई नगरेको र गर्न पनि नचाहेका कारण आपूmहरु बाध्य भएर न्याय खोज्न जाँदा सरकारी निकायबाट भएको घटना दुःखद रहेको उनीहरु बताउँछन् । समस्या समाधानका लागि जिल्ला प्रहरी पुगेका मिटर ब्याज पीडितहरुमाथि प्रहरीले गरेको लाठी चार्जको चौतर्फी आलोचना भइ रहेको छ ।

Comment


Related News

Latest News

Trending News