अपडेट 
२०८१ जेष्ठ २२, मंगलवार १२:३२

नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । सुन मंगलबार २ हजार ७०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४२ हजारमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँमा  कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News