अपडेट 
२०८१ जेष्ठ २२, मंगलवार १७:०३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बलवा नगरपालिका वडा नं. ९ धमौरास्थित राष्ट्रिय प्राथमिक विद्यालयमा अनुदान कोटामा शिक्षक पदमा कार्यरत अशोककुमार साहविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राहत दरबन्दीमा विद्यालय शिक्षकमा जागिर खाएको आरोपमा  साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

साहले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ ।

नक्कली प्रमाण पत्रका आधारमा साहले राष्ट्रिय प्राथमिक विद्यालय महोत्तरीमा २०६९ असोजदेखि राहत शिक्षक अनुदान कोटामा नियुक्ति लिएका थिए । उनले नक्कली विवरण पेस गरी ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले कैद र जरिवाना सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

 

Comment


Related News

Latest News

Trending News