अपडेट 
२०८१ जेष्ठ २२, मंगलवार १६:१०

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दा मंगलबार ‘हेर्न नभ्याइने’ भएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेशी हेर्न नभ्याउने हुँदै स्थगित भएको हो ।

जसपा नेपाल छाडेका अशोक राई सहितका नेताहरूको निवेदनअनुसार निर्वाचन आयोगले दल दर्ता गरेपछि अध्यक्ष यादव सर्वोच्च गएका थिए ।

Comment


Related News

Latest News

Trending News